८ मंसिर, काठमाडौ । एमाले नेता तथा राष्ट्रिय युवासंघका इन्चार्ज महेश बस्नेतले गणतन्त्र विरोधी दुर्गा प्रसाईंलाई एमाले नेता कार्यकर्तालाई छोएर देखाउन चुनौती दिएका छन् ।
एमाले पार्टी कार्यालय च्यासलमा शुक्रवार युवा संघको दोस्रो केन्द्रीय कमिटी बैठकमा बोल्दै नेता बस्नेतले बिहीबार प्रसाई समर्थकले हेटौँडा र कलंकीबाट तीनकुने हिँडेका आफ्ना कार्यकर्तामाथि आक्रमण प्रयास भएको भन्दै युवा संघ सशक्त भएकाले प्रतिरोध गर्न सफल भएको बताए ।
बस्नेतले युवासंघलाई जुध्न बाध्य नपार्न चेतावनी दिए । ‘युवा संघसँग टक्कर लिनेले ठक्कर खान्छ । आज पनि म सुन्दैछु श्रीलङ्का बनाउने रे १ नेताहरूका घर हान्ने रे । तिम्रा बाउका तागत छ भने एमाले नेताका घरहरू छोएर हेर । हिम्मत छ भने एमालेका समर्थक शुभचिन्तकहरूलाई छोएर हेर’, उनले भने, ‘एमाले पङ्क्ति अरिङ्गालको गोला जस्तो हुनेछ ।’
उनले एमाले नेता र उनीहरूका घर छोएमा पुच्छर ठाडो पारेर फाँटैफाँट लखेट्ने चेतावनी दिए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस