झापा । पूर्वराजा ज्ञानेन्द्र शाहले झापाको बिर्तामोडस्थित इकोम कलेज परिसरमा निर्माण गरिएको पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका छन् ।
शुक्रबार नै विर्तामोड पुगेका पुर्व राजा ज्ञानेन्द्रले शनिबार कलेज परिसरमा निर्माण गरिएको पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका हुन् ।
उनको स्वागतमा धुलाबारीस्थित निम्जा खोलाबाट राप्रपा कार्यकर्ताले मोटरसाइकल र्याली निकालेर बिर्तामोडसम्म पुगेका थिए । सो कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्रसँगै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि उपस्थित रहेका थिए ।
लिङदेन कार्यक्रमको तयारीका लागि पछिल्ला दिनमा विर्तामोडमै थिए । कार्यक्रममा हजारौं नागरिकको उपस्थिति थियो । कार्यक्रममा पूर्व राजाले कुनै सम्बोधन भने गरेनन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस