चितवन, मंसिर ७-
नेपाली काङ्ग्रेसका नेता डा शशांक कोइरालाले गणतन्त्रविरोधी गतिविधि गर्नेप्रति सरकार सतर्क भएको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै नेता कोइरालाले ठूलो त्याग र बलिदानबाट प्राप्त उपलब्धी रक्षाका लागि सरकार सतर्क भएको स्पष्ट पार्नुभयो ।
तरल अवस्थामा उश्रृङ्खल गतिविधि हुनसक्ने भन्दै सरकारले सतर्कता अपनाएको उहाँको भनाइ छ । उहाँले सहरमा जम्मा भइ हो–हल्ला गरेर समस्याको समाधान नहुने धारणा राख्नुभयो । रासस
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस