कविराज घिमिरे
हिले, मङ्सिर ७ गते । धनकुटा नगरपालिका–१ निगालेमा एक पुरुषले श्रीमती र छोराको हत्या गरी आफूले समेत आत्महत्या गरेका छन् । बुधवार राति निगालेका ३५ वर्षीय टीकाराम गुरुङले ३६ वर्षीया श्रीमती भीमा गुरुङ र १० वर्षीय छोरा आयुष गुरुङको हत्या गरी आफूले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
टीकारामले श्रीमती र छोराको हत्या गरी घरमा झुन्डिएर आत्महत्या गरेका हुन् । टीकारामको जिउ काम्ने उपचार गरिरहनुपर्ने भएको र उनले अत्यधिक मादक पदार्थ सेवन गर्ने गरेको छिमेकीले बताएको धनकुटा प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो । बुधवार राति पौने १ बजे ६ वर्षीया छोरी आसिकी गुरुङलाई छिमेकीलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।
सो अघि बुबाले आमा र दाजुलाई घाँटीमा समातेर टाउकामा कुटेको देखेको आसिकीले बताएको एसपी कोइरालाले जानकारी दिनुभयो राति डरले केही नभनेको पनि आसिकीले बताएको प्रहरीको भनाइ छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको एसपी कोइरालाले बताउनुभयो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस