काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पोखरा प्रस्थान गर्न त्रिभुवन विमानस्थल पुगेका छन् । पोखरामा आयोजित केपी ओली कप टि–२० क्रिकेट प्रतियोगिताको उद्घाटन समारोहमा सहभागी हुन बिहीबार बिहान उनी त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा मंसिर १५ गतेसम्म हुने प्रतियोगितामा १२ टिम सहभागी छन् । प्रतियोगितामा सात प्रदेशका सात टिम, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ र आयोजक मदन भण्डारी एकेडेमीका दुई टोली हुनेछन् । च्याम्पियन टोलीले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
उता काठमाडौँको तीनकुनेमा युवा संघ नेपालले आज विरोध प्रदर्शन गर्दैछ । बुधबारको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रदर्शनमा पूर्ण समर्थन गरेको बताएका थिए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस