काठमाडौं : माइतीघर मण्डलामा कार्यक्रम गर्न नपाउने भएपछि नेकपा एमालेका नेता महेश बस्नेतले तीनकुनेमा कार्यक्रम आयोजनाको अनुमति पाएका छन् ।एमालेनिकट युवा संघ नेपाललाई प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुनेमा प्रदर्शन गर्न अनुमति दिएको हो ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँ र एमालेनिकटको राष्ट्रिय युवा संघ साथै अनेरास्ववियुको कार्यक्रमस्थल जुधेपछि सम्भावित सुरक्षा चुनौतीलाई ध्यान दिँदै प्रशासनले माइतीघर,नयाँ बानेश्वर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।प्रसाईं र बस्नेतले एकै दिन कार्यक्रम गर्ने तयारी गरेपछि प्रशासनले काठमाडौँको सुरक्षा व्यवस्थामा पनि कडाइ गरेको छ ।
व्यवसायी प्रसाईंले पछिल्लो समय राजतन्त्रको वकालत गर्दै आएका छन् भने उनी र नेकपा एमालेका नेता महेश बस्नेतबीच आरोपप्रत्यारोप हुदैँ आएको छ ।दुवै पक्षले शान्ति सुरक्षा कायम राख्नेबारे लिखित रूपमा प्रतिबद्धतासमेत जनाइएको र फरक-फरक ठाउँमा शान्ति सुरक्षा कायम हुनेगरी प्रदर्शन गर्ने प्रशासनले जनाएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस