चितवन, मङ्सिर १-
जिल्ला प्रहरी कार्यालय चितवनले दसैँ र तिहारको अवधिमा जुवातास खेलेका ८० जनालाई पक्राउ गरेको छ । उनीहरुबाट रु पाँच लाख ४८ हजार पाँच सय ९२ बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार पक्राउ परेकामध्ये ३७ जनाविरुद्ध सार्वजनिक अपराधमा मुद्दा दर्ता गरिएको छ । उनीहरुबाट रु तीन लाख १७ हजार एक सय ५० बरामद गरिएको थियो । उनीहरु धरौटीमा रिहा भएका छन् ।
पक्राउ परेका अन्य ४३ जना कारबाही प्रक्रियामा रहेका छन् । उनीहरुबाट रु दुई लाख ३० हजार चार सय ४२ बरामद गरिएको थियो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस