काठमाडौं । सर्वोच्च अदालतले योगराज ढकाल (रिगल)लाई आममाफी दिने सरकारको निर्णयलाई बदर गरिदिएको छ । बिहीबार न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा। कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्ने आदेश गरेको हो ।
साथै, इजलासले रिगललाई तत्काल पक्राउ गरी थुनामा राख्न पनि परमादेश दिएको छ । इजलासमा आदेश सुनाउँदै न्यायाधिश खतिवडाले भने, “संविधान दिवसको दिन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको योगराज ढकाल रिगलको बाँकी कैद मिनाहा संविधान र कानुन विपरीत देखिएकोले बदर हुने।”
संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्ले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय गरी आममाफीका निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सरकारको उक्त सिफासिरसँगै ढकाल कारागारमुक्त भएका थिए ।
ढकालले हत्या गरेका चेतन मानन्धरकी पूर्वपत्नी शेर्पाले सरकारी निर्णविरुद्ध असोज २२ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस