काठमाडाैं । सरकारले १० जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सरुवा गरेको छ । गृह मन्त्रालयले मन्त्रालयअन्तर्गतका ४० जना उपसचिवको सरुवा गरेको हो ।
तीमध्ये १० जना सीडीओ छन् ।
मापदण्डअनुसार अवधि पुगेका र सरुवा मागेकामध्ये ४० जनाको सरुवा गरेको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयका उपसचिव विश्वामित्र कुइँकेल बझाङको प्रमुख जिल्ला अधिकारी बनेका छन् । यस्तै, नारायण प्रसाद पाण्डेय बझाङको सीडीओबाट सुर्खेत जिल्ला प्रशासन कार्यालयमा सरुवा भएका छन् ।
गणेश नेपाली कालीकोटको सीडीओ भएका छन् । यस्तै तुलसीराम पौडेल म्याग्दीको सीडीओबाट नुवाकोटमा सरुवा हुँदा सुप्रभा ढुंगेल खनाल मनाङबाट गृह मन्त्रालय सरुवा भएकी छिन् ।
गोमादेवी चेम्जोङकोे ताप्लेजुङबाट राष्ट्रिय विपद् प्राधिकरणमा काज सरुवा भएको छ । श्रीनाथ पौडेल हुम्लाबाट गोरखा सीडीओमा सरुवा भएका छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस