कपिलवस्तु : कपिलवस्तु प्रहरीले श्रीमती हत्या आरोपमा एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले मायादेवी गाउँपालिका–८ बरकुलका २६ वर्षका विनयकुमार चमारलाई श्रीमती सन्ध्या चमारको हत्या आरोपमा पक्राउ गरेको हो ।
८ कात्तिकमा सन्ध्याको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार पक्राउ परेका विनयकुमारले मालाले घाँटी कसेर हत्या गरेको अनुसन्धानबाट खुलेको छ । उनीमाथि कर्तव्य ज्यान कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस