काठमाडौं । बाराको कलैयास्थित बालएकता माविका प्रिन्सिपल रूपेश सर्राफको हत्या विवाहेत्तर प्रेम सम्बन्धका कारण हुनसक्ने प्रहरीले अनुमान गरेको छ । यसपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीले अनुसन्धान प्रभावित हुने भन्दै पक्राउ परेकाहरुको परिचय भने खुलाएको छैन । प्रहरीका अनुसार उक्त घटनामा संलग्नताको आरोपमा दुईजना पुरुष र एकजना महिला पक्राउ परेका छन् ।
सर्राफसँग प्रेममा रहेकी एक युवतीले अर्का एक पुरुषसँगको मिलेमतोमा सर्राफको हत्या गराएको प्रहरीको अनुमान छ । प्रहरीका अनुसार अर्का एक पुरुषले ती महिलालाई सर्राफसँग सम्बन्ध तोड्न दबाब दिएका थिए ।
पक्राउ परेकी महिलाले अर्का प्रेमीले कि आफूलाई मार्ने कि सर्राफलाई मार्ने धम्की दिएपछि आफूले सर्राफको हत्या गर्न सहयोग गरेको बयान प्रहरीलाई दिएकी छन् ।
हत्याको विरोधमा मधेसका निजी विद्यालय बन्द
सर्राफ हत्याको विरोधमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) मधेश प्रदेशले मंगलबार विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।
नेशनल प्याब्सनका प्रदेश अध्यक्ष डा. नन्दन यादव र सचिव जितेन्द्र प्रसाद यादवले विज्ञप्ती जारी गरेर सर्राफको हत्याप्रति कडा निन्दा र भर्त्सना गर्दै विद्यालय बन्द गर्ने जनाएका हुन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस