काठमाडौँ : दोलखामा बरामद भएको ११ किलो तस्करीको सुन प्रकरणमा प्रहरीले एक चिनियाँ नागरिकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तासी भन्ने चिनियाँ ग्याङ रोउ, लालबहादुर तामाङ र ६५ वर्षीय सनथ प्रधान रहेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता नवराज अधिकारीका अनुसार उनीहरूलाई स्वयम्भूबाट पक्राउ गरिएको हो ।
योसँगै यस प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १० पुगेको छ । यसअघि प्रहरीले सात जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा बिगु–१ घर भएका राज तामाङ, २८ वर्षीय केशर तामाङ, २० वर्षीय माधव मगर, १९ वर्षीय पेम्बा तामाङ, ५५ वर्षीय नुर्वु छिरीङ शेर्पा, ३० वर्षीया सुनमाला तामाङ र च्याङ्बा भन्ने चसमान तामाङ छन् । उनीहरूमाथि दोलखामा नै संगठित अपराध अन्तरगत मुद्दा चलिरहेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस