नेपालगञ्ज (बाँके), सामाजिक सञ्जालमा लेखिएको स्टाटसकै आधारमा नेपालगञ्जमा तनाव बढेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार असोज १४ गते (आइतबार) सामाजिक सञ्जालमा मुस्लिम समुदायलाई लक्षित गरी लेखिएको स्टाटसको विषयलाई लिएर प्रदर्शन भएको थियो ।
मुस्लिम समुदायले विरोध र्याली निकालेपछि मंगलबार ओमकार परिवार हिन्दु समाजले पनि र्याली निकालेको स्थानीय प्रशासनको भनाइ छ । ओमकार परिवार हिन्दु समाजले निकालेको र्यालीका क्रममा विवाद उत्पन्न भई नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा सार्वजनिक सम्पत्ति तोडफोडका साथै ढुंगामुढा प्रहार, उच्छृङ्खल गतिविधि भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस