चितवन, चितवनसहितपश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा पश्चिम नेपालका केही जिल्लामा भूकम्पको धक्का महसुस भएको हो । बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको बताइएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार ५.३ म्याग्निच्यूटको भूकम्प गएको हो ।
यस्तै ३ बजेर ५ मिनेटमा पुनः अर्को धक्का महसुस भएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । हालसम्म भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भएको छैन ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस