चितवन, नेपालमा ताजा उत्पादन गर्ने किसानलाई लक्षित गर्दै कृषि तथा वनविज्ञान विश्वविद्यालयले खाद्य सुरक्षा तालिम प्रदान गरेको छ । चितवन र आसपास जिल्लाका किसान, कृषि प्राविधिकलाई लक्षित गरेर नारायणगढमा तालिम आयोजना गरिएको हो ।
कृषि तथा वनविज्ञान विश्वविद्यालय अनुसन्धान तथा प्रसार निर्देशनालयले फिड द फ्युचर इनोभेसन ल्याब र युएसएआइडीको आर्थिक सहयोगमा गरेको कार्यक्रममा ४५ जनाको सहभागिता रहेको थियो । तालिममा विशेषगरि काचै खाने फलफूल तथा तरकारीलाई कसरी स्वच्छ र सुरक्षित बनाउने विशेषमा जानकारी दिइएको थियो । कार्यक्रममा तालिमको उद्देश्यको बारेमा एशोसियट प्रोफेसर रामहरि तिमिल्सिनाले जानकारी गराएका थिए ।
तालिममा अमेरिकाको टेनिसि स्टेट युनिभर्सिटि, एरिजोना स्टेट युनिभर्सिटि र सहभागि संस्थासंग सहकार्य गरिएको थियो । कृषि तथा वनविज्ञान विश्वविद्यालय, अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक डा.ऋषिराम कट्टेलको अध्यक्षतामा भएको कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा.पूण्य प्रसाद रेग्मी प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा कोर्नेल विश्वविद्यालयका फुड सेफ्टी इनोभेसन ल्याबका सह–निर्देशक रेन्डी ओरोबोलगायतले कार्यपत्र प्रस्तुत गरेका थिए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस