भरतपुर । चाडपर्व लक्षित गरेर जिल्ला प्रहरी कार्यालय चितवनले सभ्य र सुरक्षितसँग चाडपर्व मनाउन अनुरोध गरेको छ ।
चितवन प्रहरीले घर, कोठा छोडेर जानुपर्दा आफ्नो घरको झ्याल, ढोका राम्रोसंग बन्द गरी नजिकको विश्वासिलो छिमेकीलाई खबर गरी जान, आफ्नो घर कोठामा भाडामा बस्ने व्यक्ती तथा काम गर्ने मानिसहरुको स्पष्ट नाम, थर, वतन, परिचय खुल्ने कागजात, फोटो सहितको अभिलेख राख्न, बहुमुल्य गरगहना लगाएर कुनै मेला पर्व तथा भिडभाडमा नजान, भिडभाड हुने स्थानहरुमा सामान चोरी तथा पाकेटमारी हुन सक्ने हुँदा चनाखो रहन, यात्राको क्रममा कुनै अपरिचित मानिसहरुसंग धेरै घुलमिल भई व्यक्तिगत गोपनियता नखोल्न र उनीहरुले दिएको कुनै पनि किसिमको तरल पदार्थ वा खानेकुरा नखान, सुन तथा डलर साट्ने नाममा तपाईलाई झुक्याउन सक्छन, कुनै पनि कुराको लोभमा नपर्ने, शंका लागेमा तत्काल प्रहरीलाई खबर गर्न, घर टोल सुरक्षाका लागी सबै मिली Cctv,Emergency Siren जडान गरी सुरक्षाका उपायहरु अपनाउन, चाड पर्वको नाममा कानूनद्वारा प्रतिवन्धित तास, जुवा नखेल्न र खेल्न नदिन, पटाका, भुईचम्पा, आतिसबाजी लगायतका बिष्फोटक पदार्थले मानविय, भौतिक एवं वातावरणिय क्षेती पुग्ने भएकोले यसको प्रयोग नगर्ने, नशालु वा मादक पदार्थ सेवन गरी सवारी नचलाउन प्रहरीले अनुरोध गरेको छ ।
अपराध नियन्त्रण तथा अपराध रहित समाजको निर्माणमा प्रहरीलाई सहयोग र कुनैपनी समस्या परेमा नजिकको प्रहरीलाई तथा १०० नम्वरमा खबर गर्ने अनुरोध गरेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस