पोखरा : नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनका लागि सहरका मुख्य भागमा ‘स्वागतद्वार’ ठडिएका छन्। पार्टी अध्यक्ष केपी ओलीको मन्द मुस्कानसहितको स्वागतद्वारमा ‘जनताको बहुदलीय जनवाद जिन्दावाद’ नारा लेखिएको छ। गएको मंसिरमा चितवनमा सम्पन्न दसौँ महाधिवेशनबाट सर्वशक्तिमान बनेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको पोखरासँग पुरानो साइनो पनि जोडिएको छ।
पार्टीको नेतृत्वमा नहुँदा पनि पोखरा र गण्डकी क्षेत्रबाट सधैँ माया पाइरहने एमाले नेता हुन्–ओली। २०३० जेठ ३० गते रौतहटबाट पक्राउ परेका हालका एमाले अध्यक्ष केपी ओली जेलसार हुँदै २०३९ माघ ३ गते पोखरा कारागार ल्याइए। उनी २०४२ माघसम्म पोखरा कारागारमा राजबन्दीको रुपमा रहे। त्यहाँ रहँदा बेलाबेला पक्राउ पर्ने तत्कालीन नेताहरूसँग उनको राम्रै संगत भयो। २०४४ असार ११ गते ओली रिहा भए। रिहा भएलगत्तै उनलाई तत्कालीन नेकपा (माले) ले लुम्बिनीको जिम्मेवारी दियो।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस