चितवन, प्रेस चौतारी चितवनको भरतपुर–११ बसेनीमा भवन निर्माणको लागि चितवनका पत्रकारहरुले श्रमदान गरेका छन् ।
भुइँ तलाको ढलान सकिएर दोस्रो तलाको निर्माणको काम भइरहेको भवन निर्माणका लागि पत्रकारहरुले इँटा बोकेर श्रमदान गरेका हुन् । प्रेस चौतारी चितवनले आव्हान गरेको श्रमदान कार्यक्रममा प्रेस सेन्टर र प्रेस युनियनका कार्यसमितिका पदाधिकारीहरुले पनि बसेनी पुगेर श्रमदान गरेका छन् । श्रमदानमा पत्रकारसहित सामाजिक अभियन्ताहरु गरेर ३० जनाको सहभागिता रहेको थियो ।
श्रमदानकै अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी भरतपुर महानगरका सचिव सुलभ सिग्देलले भवन निर्माणको लागि ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन् । त्यसैगरी माल्टामा रहेका चितवनका पत्रकार विप्लव काफ्लेले सोही अवसरमा पाँच हजार ६५ रुपैयाँ सहयोग गरेका छन् ।
भरतपुर महानगरपालिका वडा नं. ११ बसेनीमा बन्दै गरेको भवनका प्रेस चौतारीको देश कै पहिलो भवन हो ।
समाजसेवी केशव कार्कीले उपलब्ध गराएको झण्डैं १० धुर जग्गामा बन्दै गरेको भवनको पहिलो तला ढलान गरेर भित्र प्लाष्ट्ररको काम भैरहेको छ । भवनको दोस्रो तला ढलानको तयारीसमेत भैरहेको प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले जानकारी दिए ।साढे ३ तले भवनका लागि एक करोड ५० लाख लागत अनुमान गरिएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस