चितवन, भरतपुर महानगरपालिका–२ ले सुर्तीजन्य वस्तु बिक्रीवितरणमा कडाइ गर्न एकहप्ते अभियान सुरू गरेको छ । बालकुमारी उच्च माध्यमिक विद्यालय, बालकुमारी कन्या माध्यमिक विद्यालय तथा बालकुमारी कलेजका विद्यार्थी शिक्षक, पांँचवटा टोल विकास संस्थासहितले सचेतना ¥याली गरिएको वडा अध्यक्ष मनोज रानाभाटले जानकारी दिए ।
एक हप्ते अभियानको पहिलो दिन बिहीबारबाट सुरु गरिएको हो भने सोमबार वडा शिक्षा समितिको बैठकले सो गरेको निर्णय गरेको हो ।
अध्यक्ष रानाभाटका अनुसार बिहीबारदेखि असोज १९ गतेसम्म यो अभियान जारी रहने छ । उनले विद्यालय, मन्टेश्वरी क्याम्पस तथा अन्य शिक्षण संस्थाको सय मिटरको दूरीमा सुर्तीजन्य बस्तु बिक्रीवितरणमा रोक लगाउन सचेतना अभियान गरिएको बताए ।
कार्यक्रम बालकुमारी उच्च मावि, नारायणी कलामन्दिर, लीलाचोक, बालकुमारी कलेज हुंँदै कन्या माविमा पुगी कार्यक्रमको समापन गरिएको थियो ।
¥यालीमा एक हजारभन्दा बढी सहभागी रहेका थिए । उनीहरुले हामी सबैको एउटै नारा, सुर्तीजन्य पदार्थबाट पाउंँ छुटकारा, नो स्मोकिङ, सुर्तीजन्य पदार्थ होइन, स्वस्थ जीवन जिऔँलगायतका सन्देश लेखिएका प्लेकार्ड बोकेका थिए ।
विद्यालय तथा कलेजको सय मिटरको दूरीमा सुर्तीजन्य वस्तु बिक्रीवितरण गरे पहिलोपटक जरिवाना गरिने र अटेर गरे कानुनी कारबाही गरिने अध्यक्ष रानाभाटले बताए । वडालाई आगामी दिनमा सुर्तीजन्य वस्तु मुक्त क्षेत्र बनाउने उद्देश्यसहित यो अभियान सुरू गरिएको उनको भनाइ छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस