तीन दिनदेखि आन्दोलनरत शिक्षक र सरकारबीच सहमति भएको छ।
काठमाडौं : सरकार र आन्दोलनरत शिक्षकबीच ६ बुँदे सहमति भएको छ। शिक्षकहरूले उठाएका १८ बुँदे मागका विषयमा वार्ताबाट ६ बुँदे सहमति भएको र त्यसको फाइनल ड्राफ्ट भर्खरै मात्र सार्वजनिक गरिएकाे छ।
सहमतिसँगै शिक्षकहरूले आन्दोलनका कार्यक्रमसमेत फिर्ता लिएका जनाएका छन्। तर राहतलगायत आन्दोलनमै सहभागी शिक्षकहरूले भने असन्तुष्टि जनाएका छन्।
सहमतिसँगै विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा भएका केही व्यवस्थाहरू परिवर्तन गरिने भएको छ।
“शिक्षकका माग अनुसार विधेयक संशोधन गर्न सरकारले सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ। त्यसमा शिक्षकहरू सहमत छन्,” शर्माले भनिन्।
विधेयक संशोधनका लागि महासंघका प्रतिनिधि सहितको कार्यदल बन्ने भएको छ। त्यसले दिने सुझावका आधारमा विधेयक संशोधन गरिनेछ। यससँगै शिक्षकको आन्दोलन फिर्ता लिने सहमति भएको छ।
सरकारले संसद्मा दर्ता गराएको विद्यालय शिक्षा सम्बन्धी विधेयकको विरोध गर्दै देशभरका शिक्षक आन्दोलनमा उत्रिएका थिए। देशका विभिन्न भागबाट काठमाडौं आएका शिक्षकले दैनिक प्रदर्शन गर्दै आएका थिए। शिक्षक आन्दोलनमा उत्रिएपछि देशभरका सामुदायिक विद्यालयको पठनपाठन ठप्प छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस