काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन विभागको सर्भरमा समस्या देखिएको छ । मंगलबार बिहानदेखि सर्भरमा समस्या देखिँदा यात्रुहरू मारमा परेका हुन् ।
विभागका अनुसार सर्भरमा समस्या आएका कारण यात्रु चेक जाँचपास बिहान करिब दुई घण्टा प्रभावित प्रभावित बनेको थियो । यसले गर्दा यात्रुहरू लामो समय लाइनमा बस्नु परेको छ । तर, यसैका कारण कुनै पनि उडान भने प्रभावित नभएको विभागको भनाई छ ।
‘हाम्रो मात्र होइन गर्भमेन्ट इन्ट्रिगेटेड डाटा सेन्टर (जीआईडीसी) मा नै समस्या आएको हो । यसले गर्दा हामीले यात्रुको विवरण चेकजाँच गर्न पाएनौँ । तर, अहिले त्यसलाई पछि इन्ट्री गर्ने गरी म्यानुअल रूपमा भए पनि सञ्चालन गरेका छौँ,’ विभागका सूचना अधिकारी खिमराज भुसालले रातोपाटीसँग भने । के कारणले समस्या आएको हो भन्ने विषयमा जाँच भइरहेको उनको भनाई छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस