सिन्धुपाल्चोक, भदौ ३० : सिन्धुपाल्चोकको बलेफीमा भएको सडक दुर्घटनामा परी नेकपा एमालेनिकट अनेरास्ववियुका दुई जना जिल्ला स्तरीय नेताको निधन भएको छ ।
मेलम्चीबाट संगठनको काममा बाह्रविसे जाने क्रममा बलेफीमा मोटरसाइकललाई ट्यांकरले ठक्कर दिदा दुई जनाको मृत्यु भएको हो । खाडीचौरबाट आएको तेल ट्याङ्करले बाह्रबिसे जादै गरेको बा ०२ ०३१ प ५९७६ मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल सवार दुई जनाको निधन भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी अनेरास्ववियु सिन्धुपाल्चोकका सहसंयोजक नवीन पाण्डे र जिल्ला कमिटी सदस्य समीर दोङकोनिधन भएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस