काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघीय महासभामा नेपालको शान्ति प्रक्रिया टुङ्गाउन अन्तर्राष्ट्रिय समुदायसँग अपिल गर्ने बताएका छन् । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पोष्टबहादुर बोगटीको नवौँ स्मृति कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रियालाई टुङ्गाएर सफल उदाहरण प्रस्तुत गर्नुपर्ने भन्दै यसका लागि अन्तर्राष्ट्रिय समुदायसँग अपिल गर्ने बताएका हुन् ।
जलवायु परिवर्तनले पर्वतीय मुलुक नेपालमा पारेको असरप्रति पनि अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराइने उनले बताए ।
Dabur nepal
Agni Group
प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणका क्रममा दुई पक्षीत हितलगायत भौतिक पूर्वाधार, ऊर्जा क्षेत्र, नयाँ नाका खोल्ने, कृषि क्षेत्र र व्यापार घाटाका विषयमा छलफल हुने र केही विषयमा सहमति र समझदारी बन्ने विश्वास व्यक्त गरे ।
प्रचण्डले आफूले सरकारको नेतृत्व गरिरहँदा सुशासन, समृद्धिलगायतमा नयाँ फड्को मार्न तयारी गरिरहेको पनि बताए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस