चितवन, भदौ २६-मुग्लिन–नारायणगढ सडक खण्डको नाम्सी पुलमा खसेको पहिरो पन्छाउन सुरु भएको छ । सडक डिभिजन भरतपुरका अनुसार पहिरो अवरुद्ध भएको सडक खुलाउन मेशिन प्रयोग भइसकेको छ ।
सुख्खा पहिरो खसिरहेकाले बाटो खुलाउन करिब २ घण्टा लाग्ने सडक डिभिजन भरतपुरका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले बताए । आज बिहान ६ः२० बजेको समयमा पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस