चितवन, २०७८ साल मंसिर ८ गते जिल्ला प्रशासन कार्यालय चितवनमा टिकादत्त तिमिल्सिनाको अध्यक्षतामा दर्ता भयको साप्ताहिक सञ्जाल नेपालले अध्यक्ष टिकादत्त तिमिल्सिनाको अध्यक्षतामा आज (शनिबार) भरतपुर २९ भतेरीमा साप्ताहिक संजाल नेपाल चितवनको प्रथम अधिबेशन सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल कार्यक्रमका प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा प्रदेश सूचना पुनरावेदन समिति बागमती प्रदेशका अध्यक्ष हरि अधिकारी, नेपाल पत्रकार महासंघ जिल्ला शाखा चितवनका अध्यक्ष नारायण अधिकारी, प्रेस युयिन नेपाल चितवनका अध्यक्ष अनिल ढकालको उपस्थिति रहेको थियो ।
अधिवेशनको उद्धघाटन गर्दैै प्रमुख अतिथि समेत रहेका नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले साप्ताहिक पत्रिका नेपाल पत्रकारिताको जननी भएको भन्दै यसको संरक्षण गर्नुपर्ने बताउनुभयो । उहाँले बढ्दो सूचना प्रविधिको विकाससगैँ साप्ताहिक पत्रिकाको प्रयोगमा केहि कम देखिए पनि यसको महत्व र उपयोगीता महत्वपूर्ण रहेको स्पष्ट पार्नुभयो । उहाँले साप्ताहिक पत्रिकाको प्रर्वद्धनमा केन्द्र, प्रदेश र स्थानिय तहले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
साप्ताहिक सञ्जाल नेपाल–चितवनको अध्यक्षमा सूर्य बराल निर्विरोध निर्वाचित भएका छन् । सूर्य बरालको अध्यक्षमा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा राजेन्द्र आचार्य, सचिवमा शान्ता अधिकारी, सहसचिवमा बबिलाल तामाङ र कोषाध्यक्षमा हरि कार्की ‘लक्की’ निर्वाचित भएका हुन् ।
यस्तैगरी सदस्यहरुमा हरिप्रसाद उप्रेती ‘भुवन’ र नवीनबाबु मरहट्टा निर्वाचित भएका छन् भने बाँकी दुई सदस्य कार्यसमितिको पहिलो बैठकबाट चयन गरिने नवनिर्वाचित अध्यक्ष बरालले जानकारी दिए ।
निर्वाचित भएसगैँ अध्यक्ष बरालले साप्ताहिको विकासमा आफु कटिबद्ध भएर लाग्ने प्रतिवद्धता जनाउनुभयो । साथै उहाँले सञ्जालको शाखा देशभरि नै विस्तार गर्ने उद्धघोष गर्नुभयो । कार्यक्रम साप्ताहिक सञ्जाल नेपाल–चितवनका अध्यक्ष टिकादत्त तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको थियो।
सोही अवसरमा ४ जान साप्ताहिक पत्रिकामा काम गरेका युवा पत्रकारलाई “युवा पत्रकार सम्मान २०८०” बाट सम्मानित गरिएको थियो । युवा पत्रकार टेकराज पोख्रेरल (आन्नद), सुरेन्द्र कुवँर (सुरेन), हिरालाल गुरुङ्ग र सरोज उपकोटीलाई “युवा पत्रकार सम्मान २०८०” बाट सम्मान गरिएको उपाध्यक्ष राजेन्द्र आचार्यले जानकारी दिनुभयो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस