चितवन । पश्चिम चितवनको मुटु मानिने चनौली बजार बाट नजिकै रहेको राईगञ्जबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर–१८ बस्ने वर्ष ३५ को मनोज तामाङ र सोहि ठाउँ बस्ने वर्ष ३७ को सुदर्शन तामाङ रहेका छन् ।
बिहीबा इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीको गस्ती टोलीले निजहरुको शरीर तलासी गर्दा स–साना २३ वटा पोका बनाई लुकाई छिपाई राखेको लागुऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ १ ग्राम २०० मिलि ग्राम बरामद गरेको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले बताए ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस