काठमाडौं, ३ भदौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलकदमीमा गठन भएको समाजवादी मोर्चाको बैठक बस्दैछ ।
बैठक गठबन्धनमा आबद्ध दल नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय, आलोकनगरमा बस्नेछ ।
नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार आज साँझ ६ बजेका लागि बैठक बोलाईएको छ । गौर हत्याकाण्डको छानबिन गर्ने सम्झौता सरकारले गरे पछि सो गठबन्धनमा आबद्ध मध्ये जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) प्रधानमन्त्री प्रचण्डसँग सशंकित हुदैँ आएको छ ।
साथै, सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पुर्व प्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधबकुमार नेपाल माथी छानबिन गर्ने बाटो खोलिदिए पछि गठबन्धन संकटमा परिरहेको बेला मोर्चाको बैठक बस्न लागेको हो ।
यसअघि तय भएको बैठक बिभिन्न कारणले सर्दै आएको थियो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस