काठमाडौं, २८ साउन । दक्षिण कोरियामा रहेकी गायिक गंगा लोहनी र गायक सूर्य खड्काको तीज गीत ‘रातो सारी लरक्कै डोरी केसैमा’ सार्वजनिक गरिएको छ । हालै सार्वजनिक गरिएको उक्त गीतमा गायिक गंगा र गायक सूर्यको स्वर रहेको छ भने शब्द सृजना पनि गायिक गंगाकै रहेको छ । जसमा सूर्य खड्काको संगीत र लय रहेको छ ।
सार्वजनिक भएको एक सातामै एक लाख ६० हजारभन्दा बढी पटक युट्युबमा हेरिसकेको छ । कोरियालाई आफ्नो कर्मथलो बनाउँदै आएकी गायिका गंगा र जापानलाइ कर्मथलो बनाउँदै आएका गायक सूर्यले ल्याएको ‘रातो सारी लरक्कै डोरी केसैमा’को भिडियोमा कलाकार गीता ढुंगाना र कमल केसीले अभिनय गरेका छन् ।
‘रातो सारी लरक्कै डोरी केसैमा’को लागि यम थापाले म्युजिक एरेन्जर गरेका छन् भने भिडियोको काजिस श्रेष्ठले कोरियोग्राफी र निर्देशन गरेका छन् ।
मारुनी डिजिटल स्टुडियोमा सुमन राना र खुमन रानाले रेकर्ड गरेका हुन् । अजय रेग्मीको सिनेमाटोग्राफी, दिपक बिष्टको इडिट÷कलरिङ,सपना लम्सालको मेकअप, निपेश पुरीको फोटोग्राफी रहेको छ ।
यसअघि गायिक गंगाले ‘लुम्ले काँडे, मुसुक्कै हाँसीदेउ’ जस्ता गीत ल्याइसकेकी छन् ।
भिडियो लिंक :
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस