काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आगामी २ वर्षभित्र नेपाल पूर्णरुपमा विद्युतीकरण हुने बताएका छन् । उनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारले लिएको लक्ष्यअनुसार नेपाल पूर्ण विद्युतीकरण हुने बताएका हुन् ।
‘सरकारको लक्ष्यअनुसार आगामी २ वर्षभित्र पूर्ण विद्युतीकरणका सबै योजना अघि बढेका छन्,’ उनले भने । यस्तै, प्रतिव्यक्ति विद्युत खपत २ वर्षअघि २३५ युनिट प्रतिव्यक्ति थियो । जुन, यतिबेला बढेर २८० युनिट प्रतिव्यक्ति पुगेको छ ।
यस्तै, विगत २ वर्षमा उद्योगले मागेजति बिजुली दिएको घिसिङले जानकारी दिए । यस अवघिमा ८०० एमभीएको विद्युतको लोड स्वीकृत गरिएको उनको भनाइ छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस