चितवन, साउन २० : चितवनको मनकामना अस्पतालमा गएराती गर्भवतीको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२६ घर भएकी ३२ वर्षीय नविना महतोको उपचारका क्रममा गएराति १२ बजेतिर मृत्यु भएको हो ।
चिकित्सकले लापरबाही गर्दा तीन महिने गर्भवतीको मृत्यु भएको मृतकका आफन्तहरुले आरोप लगाएका छन् । अस्पतालले हिजोराती अचानक विरामीको मृत्यु भएको खबर आफुहरुलाई दिएको पिडितहरुले बताएका छन् ।
गर्भपतनको लागि अस्पताल आएकी उनको अपरेसन पछि अत्याधिक रक्तश्राव भएर मृत्यु भएको अस्पतालले जनाएको छ ।
गर्भवतीको मृत्यु भएपछि अस्पतालमा तनाव भएको छ । अस्पतालबाट लास निकाल्न जबरजस्ती हस्ताक्षर गराइएपछि अवस्था असहज भएको मृतकका देवर सन्तोष चौधरीले बताए । अस्पतालमा तनाव सिर्जना भएपछि राती १ बजेदेखि नै बाक्लो रुपमा प्रहरी परिचालन गरिएको छ ।
मृतकका आफन्तले अस्पतालको गेटमा चाबी लगाइएका छन् भने अस्पताल प्रशासन पिडितको कुरा सुन्न नआएको चौधरीले बताए । अस्पतालले आधिकारीक रुपमा घटना सार्वजनिक गरेको छैन ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस