चितवन,१६ साउन । नारायणी नदीमा पौडी खेल्ने क्रममा एक जना किशोर वेपत्ता भएका छन् । सोमबार दिउसो भरतपुर महानगरपालिका १ स्थित जोरकुसुम पार्क नजिकै नारायणीमा पौडी खेल्न गएका भरतपुर २ का १३ बर्षिय अमन ठकुरी वेपत्ता भएका हुन् ।
पौडी खेल्ने क्रममा उनलाई बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ठकुरी अफ्नै उमेर समुहका साथिहरुसंग पौडी खेल्न नारायणीमा गएका थिए । नेपाल प्रहरी विपत तालिम प्राप्त टोलीले उनको खोजी कार्य गरिरहेको र फेला नपारेको प्रहरीले जनाएको छ । नारायणी नदीमा पौडी खेल्ने क्रममा पटक–पटक डुवेर मान्छेको मृत्यु हुने गरेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस