काठमाडौं, साउन ३– एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले युएई ‘ए’ सँग आज आफ्नो अन्तिम खेल खेल्दैछ। खेल नेपाली समय अनुसार बिहान सवा १० बजे श्रीलंकाको पिसारा ओभलमा हुनेछ।
समूह ‘बी’ मा रहेका नेपाल र युएई ‘ए’ दुवै टोली समूह चरणबाट बाहिरी सकेका छन्। नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ४ विकेट र दोस्रो खेलमा भारत ‘ए’ सँग ९ विकेटले पराजित भएको थियो। त्यस्तै युएई पनि भारत र पाकिस्तान ‘ए’ टोलीसँग पराजित भएको थियो।
आठ टोली सहभागी प्रतियोगितामा समूह ‘ए’ बाट श्रीलंका र बंगलादेश तथा समूह ‘बी’ बाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन्।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस