काठमाडौँ, असार २७ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधनमा दुःख व्यक्त गरेको छ ।
रास्वपा महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकाल शोक वक्तव्य जारी गर्दै सीता दाहालको निधनले आफूहरूलाई मर्माहत र स्तब्ध बनाएको उल्लेख गरेका छन् । ६९ वर्षीय दाहालको उपचारका क्रममा बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।
रास्वपाको विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की धर्मपत्नी सीता दाहालको आज मिति २०८०/०३/२७ गते बिहान असामयिक निधन भएको खबरले हामीलाई मर्माहत र स्तब्ध बनाएको छ । यस दुःखद घडीमा सम्पूर्ण रास्वपा परिवार उहाँको आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं । साथै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने हार्दिक कामना गर्दछौं ।’
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस