काठमाडौं, असार २० : राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पछिल्लो अभिव्यक्ति आत्मसमर्पणवादको ज्वलन्त उदाहरण भएको बताएका छन्। प्रितम सिंहबारे प्रधानमन्त्री प्रचण्डको भनाइप्रति कटाक्ष गर्दै थापाले मंगलबार साँझ सामाजिक सञ्जाल ट्विटरमार्फत टिप्पणी गरेका हुन् ।
प्रधानमन्त्रीको अभिव्यक्तिले सिंगो राजनीतिक क्षेत्र लज्जित भएको भन्दै उनले २०६३ सालपछिको धरातलीय यथार्थ यही भएको उल्लेख गरेका छन् ।
मंगलबार एक सार्वजनिक कार्यक्रममा प्रचण्डले प्रितम सिंहबारे टिप्पणी गर्दै ‘मलाई प्रधानमन्त्री बनाउन धेरैचोटी दिल्ली जानुभयो’ भनेका थिए। प्रचण्डको यो भनाइप्रति थापाले टिप्पणी गरेका हुन्।
‘प्रम प्रचण्डको यस भनाईले सिंङ्गो राजनीतिक क्षेत्र लज्जित भएको छ। तर, दुःखको कुरा के हो भने, यो भनाई २०६३ पछिको धरातलीय यथार्थ हो। आत्मसमर्पणवादको ज्वलन्त उदाहरण हो’, थापाले भनेका छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस