काठमाडौं, १२ असार । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई लिखित जवाफ पेस गर्न आदेश दिएको छ । अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्चले लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।
न्यायाधीश तिलप्रसाद श्रेष्ठले एकल इजलासले अवहेलना मुद्दा दर्ता गरेर लिखित जवाफ माग्न आदेश दिएको छ । मेयर बालेनले हिन्दी फिल्म चलाउन दिने उच्च अदालत पाटनको आदेश नमान्ने अभिव्यक्ति दिँदै त्यसका लागि आफू जुनसुकै सजाय भोग्न तयार रहेको बताएका थिए ।
अदालतको मानहानी भएको भन्दै अधिवक्ता वर्षाकुमारी झाले मेयर बालेनलाई प्रतिवादी सर्वोच्चमा निवेदन दिएकी थिइन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस