काठमाडौं, १० असार । अदालतको अवहेलना गरेको भन्दै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)विरुद्ध सर्वोच्च अदालतमा निवेदन परेको छ ।
अधिवक्ता वर्षाकुमारी झाले महानगर प्रमुख शाहविरुद्ध अदालतको अवहेलनाको निवेदन सर्वाेच्च अदालतमा दिएका हुन् । उक्त निवेदनमाथिको सुनुवाइ गर्न न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा पेसी तोकिएको छ ।
हिन्दी फिल्म चल्न दिनेबारे उच्च अदालत पाटनको आदेशलाई लिएर शाहले दिएको अभिव्यक्तिले अदालतको अवहेलना गरेको अधिवक्ता झाले दाबी गरेकी छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस