धनगढी, ३२ जेठ : कैलालीमा ९ वर्षीय बालकको मृत्यु भएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका–३ बुटकुवाका ९ वर्षीय अमर विकको पौडी खल्ने क्रममा नदीमा डुबेर मृत्यु भएको हो ।
बुधबार घर नजिकैको काँडा नदीमा साथीहरूसँग पौडी खेल्ने क्रममा डुबी बेहोस भएका उनको बर्दगोरिया अस्पताल बौनियामा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बौनियाले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस