काठमाडौं, जेठ ३१:नेपालले यही वर्षा याममा बंगलादेशमा विद्युत् निर्यात गर्ने तयारी गरेको छ। सोही अनुसार नेपालले भारत र बंगलादेशसँग त्रिपक्षीय सम्झौताका लागि तयारी गरिरहेको छ।
नेपालमा मनसुनको समय सुरु हुँदै छ। वर्षायाममा नेपालको विद्युत उत्पादन २ हजार ६ सय ६७ मेगावाटसम्म पुग्ने गर्छ।
नेपालको माग चाहिँ योभन्दा निकै कम भएकाले नेपालले यसै बर्खामा निर्यातको चाहना राखेको हो। गत दुई वर्षमा पनि नेपालले भारतमा बिजुली निर्यात गरेको थियो। तर, अहिलेसम्म ४ सय ५० सय मेगावाटसम्म मात्रै भारत निर्यात भएको छ। यसपालि त्यसको दोब्बर निर्यात गर्ने र बंगलादेशसँग विद्युत व्यापार सुरुवात गर्ने योजना छ।
तर त्यसको लागि छोटो समयमै नेपालले थप सहमतिहरु गर्न आवश्यक छ। उर्जा मन्त्रालयका अनुसार नेपाल र भारतबीच थप सम्झौता हुन बाँकी छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा १० वर्षमा १० हजार मेगावाट विद्युत् भारत निर्यात गर्ने प्रारम्भिक सम्झौता भएको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस