काठमाडौं जेठ २८ :कालिकोटको शुभकालीका गाउँपालिका–६, चिसापानीस्थित बेहुली पानतडी सडकखण्डमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।
शनिबार राति साढे ११ बजेको समयमा चौकी बजारबाट हाउडीतर्फ जाँदै गरेको लु १ च ८४९८ नम्बरको जीप सडकदेखि १५० मिटर तल खसेको कालिकोटका प्रहरी नायव उपरीक्षक (डीएसपी) जयश्वर रिमालले जानकारी दिए ।
दुर्घटनामा जीप चालक शुभकालीका गाउँपालिका–२ बस्ने ३० वर्षीय हर्क विश्वकर्मा, शुभकालीका गाउँपालिका–८ बस्ने ३१ वर्षीय रामबहादुर शाही र दैलेखको नौमुले घर भएका २५ वर्षीय सलामी मगरको मृत्यु भएको डीएसपी रिमालले जानकारी दिए ।
फोटो ः फाइल
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस