काठमाडाैं जेठ २७, : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीविरुद्ध चौतर्फी घेराबन्दी भइरहेको आरोप लगाएका छन् । शनिवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०८४ सालमा हुने चुनावमा विजयी हुने अवस्था देखिएपछि पार्टीविरुद्ध बाधा पुर्याउने प्रयास भइरहेको बताए ।
रास्वपाको बाटो अब सहज हुन्छ भन्ने जनताले देखाइदिए पनि विभिन्न ठाउँबाट अन्य दलहरूले घेराबन्दी गरिरहेको उनको भनाइ छ ।
दलहरूको घेराबन्दीबाट आफ्नो पार्टी नडराउने उनले बताए । ‘तपाईंहरूलाई लाग्ला रास्वपाको बाटो अब सहज छ । २०८४ मा त सजिलो हुन्छ । हो, नेपाली जनताले देखाएको बाटो सहज छ तर, सम्पूर्ण दलहरूले यो बाटोमा घेराबन्दी गर्दैछन्,’ उनले भने ‘सातो जाने खालको छ तर हामी डराउँदैनौँ । हामी चनाखो हुँदै जानुपर्छ ।’
सभापति लामिछानेले आफ्नो पार्टीले राजनीतिक अडानका रूपमा लिएका मुद्दालाई नछोड्ने बताए ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा नागकिरता विधेयक प्रमाणीकरण गर्नु पनि गलत भएको बताए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस