धादिङमा गुडिरहेको बसमा अचानक आगलागी भएको छ ।
सुर्खेतबाट काठमाडौं आइरहेको ना ६ ख १४७१ नम्बरको बसमा आज बिहान २ बजे गजुरीमा आगलागी भएको हो ।
इलेक्ट्रिक सट भएर बसमा आगो लागेको हो । आगलागीका कारण बसको अधिकांश भाग जलेको तर ‘धुवाँ देखिनेबित्तिकै बस राेकेर यात्रुलाई निकालेका कारण मानवीय क्षति हुन पाएन। ।
बसमा ३६ जना यात्रु रहेका थिए । उनीहरू सबै सकुशल रहेका, आगो लागेको थाहा हुनेबित्तिकै बस रोकेर सबै यात्रुहरूलाई बाहिर निकालिएका कारण मानवीय क्षति हुन नपाएको हो ।
तर बसमा रहेका यात्रुका सामानहरू भने जलेर नष्ट भएको छ । राजमार्ग क्षेत्रमा रहेको दमकल र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस