चितवन, भरतपुर–३ स्थित आफ्नै घरमा रहेको अफिस कोठामा उनी मृत फेला परेका हुन्। प्रहरीका अनुसार उनी झुण्डिएको अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितले पुष्टि गरेका छन् ।
उनि नेपाली काँग्रेस चितवनका पूर्व कोषाध्यक्ष र वर्तमान महासमिति सदस्य हुन् । उनि चितवनका सफल पोल्ट्री व्यवसायीको रुपमा समेत परिचित थिए । उनले अनमोल फिड्स उद्योग संचालन गरिरहेको थिए । अहिले घटनास्थलमा प्रहरी टोली पुगेको छ । शवको मुचुल्का उठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।घटनाको थप विवरण आउन बाँकी छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस