भरतपुर, नेपाल दरै उत्थान समाजको केन्द्रीय अध्यक्षमा मंगलराम दरै निर्वाचित भएका छन्। शुक्रबार र शनिबार नवलपुरको अरूणखोलामा सम्पन्न दोस्रो राष्ट्रिय महाधिवेशनबाट मंगलरामको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो। आगामी चार वर्षे कार्यकालको लागि चयन भएको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा चिजबहादुर दरै, उपाध्यक्षमा रामचन्द्र दरै र ज्योतिमाया दरै चयन भएका छन्।
यस्तै समाजको महासचिवमा रामु दरै, सचिवमा खुबलाल दरै, यमबहादुर दरै र वेलबहादुर दरै चयन भएका छन्। कोषाध्यक्षमा भने दिलबहादर दरै चयन भएका छन्। देशभरका दरै समुदायलाई एकै ठाउँमा उभ्याउनको लागि पनि दरै उत्थान समाजको गठन भएको हो। यो संस्थाले स्थापना भएदेखि दरै जातिको भाषा, धर्म र संस्कृति संरक्षण तथा सम्वर्द्वन गर्दै आएको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस