काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं नवनर्विाचित सांसद रवि लामिछानेले फरार रहेका सांसद लक्ष्मी महतो कोइरीलाई बिरामीको सूचीबाट तत्काल हटाउन माग गरेका छन्।‘सदनलाई सूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित रहे’ बर्खास्त हुने संवैधानिक व्यवस्थाअनुरूप पनि उनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको छैन ।सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्या अभियोगमा उच्च अदालत जनकपुरले थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएयता फरार रहेका कोइरी प्रतिनिधिसभाका २५ बैठकमा अनुपस्थित छन् ।
शुक्रबार बसेको संसद बैठकमा सभापति लामिछानेले एमालेका फरार सांसद कोइरी फरार अभियुक्त रहेको टिप्पणी गर्दै बिरामीको सूचीबाट तत्काल हटाउन विशेष निर्देशनको माग गरेका हुन् । उनले भने, ‘उहाँ (सांसद कोइरी) बिरामी हैन, फरार अभियुक्त हो। उहाँ फरार रहँदा उहाँको सालोले भगाएको र त्यहाँको प्रहरीले नियन्त्रण लिएको तस्बिरसहित मसँग छ।’
अभियुक्तलाई विरामी भएको भनेर फरार गर्ने हो भने लोकतन्त्रका लागि यो भन्दा ठूलो मजाक केही नहुने उनको भनाई छ । ‘राजनीतिका नाममा लाजनीति संसदमा नचलोस् । विरामीको संज्ञा दिएर भद्धा मजाक नगरियोस् ।’ उनले ।
कोइरीको विषयलाई लिएर विवाद भएपछि हाल संसद बैठक आधा घण्टालाई स्थगित भएको छ । लगातार २१ वटा बैठकमा अनुपस्थित उनलाई सभामुखले विरामी भएको जानकारी गराएपछि एमालेबाहेकका सांसदले उठेर विरोध जनाएका छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस