काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको मिति तय नहुँदै भारतको अत्तो थापेको छ। वैशाख अन्तिम साता भारत भ्रमण गर्ने तयारी भए पनि मिति तय हुन बाँकी छ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले सीमा विवाद विद्युतलगायतका विषयमा छलफल गर्ने एजेण्डा तय भएको थियो। तर भारतीय पक्षको केही सन्धी सम्झौता पुनरावलोकन गर्नुपर्ने अत्तो थापेपछि भारत भ्रमणको एजेण्डा तय हुन नसकेको हो।
भारतले व्यापार तथा पारवहन सन्धी आफ्नो हित अनुकूल पुनरावलोकन गर्नुपर्ने अड्को थापेपछि भ्रमणका एजेण्डाका विषयम सहमति हुन नसकेको स्रोतले जनाएको छ।
भारतले भारतीय लगानी, उद्योग कारखानाको भौतिक सुरक्षाको प्रत्याभूती हुने गरी व्यापार तथा पारवन सन्धी पुनरावलोकन गर्नुपर्ने अडान राखेपछि सो विषयमा सहमति हुन सकेको छैन।
यसअघि प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा सीमा विवाद र विद्युतलगायतका विषयमा छलफल गर्ने गरी एजेण्डा तय गर्ने तयारी थियो।
भारतले राखेको अडानमा प्रधानमन्त्री प्रचण्डले यो विषयमा देशभित्र सहमति कायम भएमात्रै सहमति गर्न सकिने जवाफ भारतीय पक्षलाई दिएको स्रोतले जनाएको छ।
नेपाल भारत व्यापार तथा पारवहन सन्धीको धारा(११) अनुसार हरेक सात वर्षमा द्विपक्षीय सहमतिमा संशोधन गर्नैपर्ने सन्धीको प्रावधान रहेको छ। यदि नवीकरण नगरिएमा स्वतः नवीकरण हुने प्रावधान रहेको छ ।
२०७५ सालमा नेपाल भारतका सचिव स्तरीय बैठकले नेपाल भारत पारवाहन सन्धी संशोधन गर्ने सहमति भएको थियो। सहमतिमा नेपालको व्यापार घाटा कमगर्न द्विपक्षीय हित बमोजिम पारवहन सन्धि संशोधन गर्न सहमत भएका थिए।
भारतबाट वीरगन्जबाहेकका अन्य नाकाहरू विराटनगर, भैरहवा र नेपालगन्जबाट समेत बल्क कार्गो ल्याउन पाउने व्यवस्था, भारतको जलमार्गमा नेपाल-भारत द्विपक्षीय व्यापारको मार्ग (ट्रेड रुट) दिने एवं भारतमार्फत तेस्रो देशसँग हुने व्यापारमा पारवहन मार्गको रूपमा थप दुई बन्दरगाहा प्रयोग गर्ने व्यवस्था गर्दै सन्धी पुनरावलोकन गर्नुपर्ने नेपालको अडान रहेको छ।
नेपालले अहिले तेस्रो मुलुकबाट सामान आयात गर्दा कोलकाता र बिशाखापटनम बन्दरगाहा मात्रै प्रयोग गर्न पाएको छ। नेपालले ब्यहोर्दै आएको व्यापार घाटा कम गर्न र तेस्रो मुलकबाट सामान आयात गर्दा थप दुई बन्दरगाहा प्रयोग गर्न दिन भारतीय पक्षले सन्धी पुनरावलोकनमा अनुदार बनेको स्रोतको दाबी छ।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा समेत यी विषयहरुमा द्विपक्षीय हित अनुरुप सन्धी संशोधनमा कुनै पहल हुन सकेको थिएन।@DCnapal
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस