चितवन, नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण प्रसाद अधिकारी संविधान दिवस २०७९ का अवसरमा प्रदान गरिएको ‘प्रबल जनसेवाश्री’ मानपदवीबाट विभूषित हुनुभएको छ ।
नयाँ वर्ष २०८० को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिकारीलाई ‘प्रबल जनसेवाश्री’ मानपदवी प्रदान गर्नुभएको हो । अधिकारीले शुक्रबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा मानपदवी विभूषण ग्रहण गर्नुभयो ।
पत्रकारीता मार्फत समाजमा पुर्याएको योगदानका आधारमा उहाँलाई विभूषित गरिएको हो । भरतपुर महानगरपालिका वडा नम्बर ११ निवासी अधिकारी संविधान दिवसका अवसरमा मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने क्रममा मानपदवीद्वारा विभूषित गरिएको थियो ।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २७७ को उपधारा १ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ३१ गतेको सिफारिसमा जनसेवाश्री मानपदवी प्रदान गर्ने घोषणा गर्नुभएको थियो ।
अधिकारी राष्ट्रिय समाचार समिति चितवन प्रमुख हुनुहुन्छ भने नेपाल प्रेस युनियन चितवनका निबर्तमान अध्यक्ष समेत रहनु भएको छ । अधिकारी चितवनबाट पत्रकारीता गरेर विभूषित हुने पहिलो व्यक्ती हुनुहुन्छ । चितवनमा रहेर बिगत २० वर्ष देखि अधिकारीले पत्रकारिता गर्दै आउनुभएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस