चितवन, भरतपुर महानगरपालिकाले ६८ कर्मचारीलाई बाँडेको चाडपर्व खर्चसहित १६ लाख ७० हजार रुपैयाँ असुल गर्नुपर्ने महालेखा परीक्षकको कार्यालयले औँल्याएको छ । आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्दै महालेखाले कर्मचारीलाई बढी भुक्तानी भएको रकम असुल गर्नुपर्ने बताएको हो ।
भरतपुर महानगरपालिकाले कार्यरत कर्मचारीको व्यवस्थापन गर्न बनेको ऐन, २०७७ बमोजिम २०७७ चैत २२ को निर्णयानुसार १३६ कर्मचारीको एक तह बढुवा गरेको थियो । बढुवा गरिसकेपछि महानगरले ८४ कर्मचारीको तह बृद्धिको निर्णय रद्ध गरेको थियो ।
तह बृद्धिको निर्णय रद्ध हुँदा ६८ कर्मचारीलाई खाइपाई आएको भन्दा मासिक १ लाख १८ हजार रुपैयाँले चाडपर्व खर्चसहित हुने आउने १५ लाख २९ हजार रुपैयाँ र सञ्चय कोष वापत १ लाख ४१ हजार रुपैयाँ समेत गरी जम्मा १६ लाख ७० हजार रुपैयाँ बढी भुक्तानी भएको महालेखाले बताएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस