चितवन, नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल चितवनको अध्यक्षमा राजन ताम्राकार मनोनित भएका छन् । तरुण दल केन्द्रीय कार्यालयले ताम्राकारको अध्यक्षतामा २३ सदस्यिय चितवन जिल्ला कार्य समिति गठन गरेको छ ।
तरुण दल चितवनको उपाध्यक्षमा निरञ्जन सुवेदी र प्रमिश राई मनोनित भएका छन् । तरुण दल चितवनसँग समन्वय र छलफल गरी तरुण दल केन्द्रीय कार्यालयको अभिलेख बमोजिम नयाँ समिति गठन गरिएको तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले बताए ।
कांग्रेसको विभिन्न समितिमा निर्वाचित भएका तरुणका पदाधिकारी तथा सदस्यलाई पार्टीको जिम्मेवारीम मात्रै रहेर काम गर्न सहज होस् भन्ने उद्देश्यले दोहोरो जिम्मेवारीबाट मुक्त गरिएको उनले बताए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस