काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने बताएका छन् ।
शुक्रबार बिहान बालुवाटार पुगेका मिटरब्याजीबाट पीडित किसानसँग उनले यो विषयलाई आफूले प्राथमिकतामा राखेको बताए ।
प्रधानमन्त्रीले भने, ‘अघिल्लो सरकारसँग भएको सम्झौता हेर्छु । मिटरब्याजी समस्याले हजारौँ किसानहरू पीडित हुनुभएको छ । यसलाई मैले राम्रोसँग बुझेको छु । यसपटक तपाईँहरूको समस्या समाधान गर्ने कुरा मेरो प्राथमिकतामा छ, म समाधान गर्छु ।’
प्रधानमन्त्रीसँग भेटमा किसानका प्रतिनिधिहरूले वर्तमान सरकारले आफूहरूको समस्या समाधान गर्नेमा ढुक्क भएको बताएका थिए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस