काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। गोरखाबाट फर्किएलगत्तै प्रचण्ड ओली निवास बालकोट पुगेर छलफल गरेका हुन्।
मन्त्रिपरिषद् विस्तार र न्यूनतम साझा कार्यक्रममा समेटिएका एजेण्डाहरू कार्यान्वयनका विषयमा उनीहरूबीच छलफल भएको हो। स्रोतका अनुसार एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेसले विश्वासको मत दिएकोबारे संशय व्यक्त गरे। उनले प्रधानमन्त्री प्रचण्डलाई यसबारे प्रश्नसमेत गरेको स्रोतको भनाइ छ।
‘कांग्रेसले यो सरकारलाई किन दियो विश्वासको मत?,’ ओलीको प्रश्नमा प्रधानमन्त्रीले भने, ‘मैले स्थायित्वका निम्ति विश्वासको मत मागेको थिएँ। प्रधानमन्त्रीले प्रतिपक्षी दलको नेतासँग विश्वासको मत माग्ने परम्परा पनि छ। मैले त्यही गरेको हुँ।’
ओलीले एमाले नेतृत्वको गठबन्धनसँग स्पष्ट बहुमत रहेको भन्दै जनताका आकांक्षाअनुरुप सरकारले कामकारबाही अगाडि बढाउनुपर्ने बताएका थिए। त्यसका लागि सत्तारुढ दलहरूबीच सहमति गरेर छिट्टै मन्त्रिपरिषद् विस्तार गर्नुपर्नेमा दुबै जनाको जोड थियो।
मंगलबार संसदमा प्रधानमन्त्रीले विश्वासको मत मागेका थिए।
जसमा प्रचण्डको पक्षमा २६८ मत खसेको थियो। विपक्षमा भने दुई मत खसेको थियो। विश्वासको मतका लागि प्रचण्डले गत सोमबार धुम्बाराही पुगेर कांग्रेस सभापति शेरबहादुर देउवासँग विश्वासको मत मागेका थिए।@@annapurna post
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस